कला


‘मोहर’ र ‘सिटामोल’ को शो कटौती भएपछि के भन्छिन् बेनिशा?

‘मोहर’ र ‘सिटामोल’ को शो कटौती भएपछि के भन्छिन् बेनिशा?

नेपालखबर
साउन २९, २०८२ बिहिबार १६:२१, काठमाडौँ

अभिनेत्री बेनिशा हमाल अभिनीत दुई फिल्म ‘मोहर’ र ‘सिटामोल’ एकसाथ हलमा चलिरहेका छन्। यी दुवै फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका छन्। अझ ‘मोहर’ ले त बक्सअफिसमा पनि राम्रो व्यापार गरिरहेको छ।

आफू अभिनीत फिल्म चलेपछि बेनिशाले खुसी व्यक्त गरेकी छिन्।

‘एकदमै खुसी लागिरहेको छ। दुइटा प्रोजेक्ट एकसाथ रिलिज हुँदा पहिला चाहिँ प्रेसर फिल भएको थियो। दौडधुप धेरै हुँदा आफैँले आफ्नो केयर गर्न पाइको थिइनँ,' नेपालखबरसँगको कुराकानीमा उनले भनिन्, 'तर, रिलिज पश्चात् चाहिँ जुन प्रकारको प्रतिक्रिया आइरहेको छ दर्शकहरूबाट त्यसले एकदमै उत्साहित बनाएको छ।’

तर, आजबाट भने नेपाली सिनेमाहलमा दुई भारतीय फिल्म ‘वार २’ र ‘कुली’ रिलिज भएका छन्। जसकारण गत साताबाट रिलिज भएका यी दुवै फिल्मको शो खुम्चिएको छ। भारतीय फिल्मले जम्मा ४२४ शो पाउँदा बिहीबारका लागि ‘मोहर’ ले १३१ शो पाउँदा ‘सिटामोल’ ले ३९ शोमा पाएको छ।

यस्तोमा बेनिशाले नेपाली फिल्मले स्थान दिन आग्रह गरिन्। उनले भनिन्,‘आजबाट चाहिँ दुई वटा विदेशी फिल्मले गर्दाखेरि चाहिँ शोजहरूमा कटौती भएको छ।

'हाम्रो नेपाली हलहरूमा चाहिँ नेपाली फिल्मले नै स्थान पाओस्, त्यो पनि रिक्वेस्ट गर्न चाहन्छु। किनभने यति माया पाइरहेको छ,' उनले भने, 'दुवै फिल्मले र माया पाइरहेको फिल्महरुको शोज कटौती हुनु भनेको चाहिँ सबैजनाको लागि दुःखको कुरा हो।’

हल भिजिटको लागि बेनिशा हिजोमात्रै नेपालगञ्ज पुगेकी थिइन्। काठमाडौँका विभिन्न हल पुगिरहेकी उनी केहीदिनमा अब चितवनदेखि बुटवल जाने योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad