नि:सन्तान जोडीको कथामा सर्ट फिल्म ‘निःशब्द’ निर्माण गरिएको छ। फिल्मको फस्टलुक पोस्टरसँगै फिल्मबारे घोषणा गरिएको हो।
सेलिब्रेटी टाइम्सको ब्यानरमा रहेको यस फिल्मका लेखक, निर्देशक तथा निर्माता रामजी ज्ञवाली हुन्। यस सर्ट फिल्ममा ओजस्वी विक्रम विष्ट, मिसेल घिमिरे र दिवस नाथको अभिनय छ।
हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको फिल्मलाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा पठाउने तथा अवार्ड प्रतिस्पर्धामा उतार्ने सुनाए।
‘पहिला फिल्मको सम्पुर्ण काम सकिएपछि हामी कसरी दर्शकलाई देखाउने भन्ने बिषयमा निर्णय गर्नेछौं। तर, युट्युब हाम्रो पहिलो प्राथमिता चैं होइन,’उनले भने।
‘निःशब्द’ले सन्तान नहुँदा समाज र पारिवारिक दबाबले भोग्नुपर्ने पीडा, विवशता र मौन पीडालाई पर्दामा जीवन्त पार्ने निर्माण टिमले जनाएको छ। ज्ञवालीका अनुसार, यो फिल्मले दर्शकलाई भावनात्मक रूपमा छोईदिनेछ र समाजलाई सोच्न बाध्य पार्नेछ।
रामजी ज्ञवालीले यसअघि निर्माण गरेका ‘रित्तो गाउँ’, ‘लापत्ता सन्तान’ र डकुड्रामा ‘मौन’ समेत प्रदर्शनको पर्खाइमा छन्। ‘निःशब्द’सहित उनका चार प्रोजेक्ट दर्शकमाझ आउन बाँकी छन्।
ज्ञवालीले यसअघि ‘डार्कमुन’, ‘एक लभर’, ‘हनिमुन’, ‘आराध्या’ र ‘लिलामी’ बनाएका थिए।
Shares

प्रतिक्रिया