केदार घिमिरे (माग्ने बुढा) को मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। फिल्ममा समावेश ‘सुतेर उठेको पैसामा’ बोलको गीत सार्वजनिक गरिएको हो।
रमाइलो शैलीको यस गीतमा बाबुल गिरीको शब्द, संगीत र स्वर रहेको छ। गीतमा बाबुलसहित रोनिश खड्काको बाल गायन रहेको छ।
गीतको भिडिओमा फिल्मका मुख्य कलाकार केदार घिमिरेलाई केन्द्रमा छन्।
ऋषि लामिछानेको निर्देशनमा बनेको यस फिल्ममा केदारसहित वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङ्देल, शारदा गिरी, राधिका कंडेल, पवित्रा साँकी (मिस पबी) लगायत कलाकारहरूको अभिनय छ।
मुनाल घिमिरे निर्माता रहेको फिल्ममा केदारसहित सामीप्यराज तिमल्सेनाको लेखन रहेको छ। यो फिल्म आगामी भदौ ६ गतेबाट प्रदर्शन हुँदैछ।
69
Shares

प्रतिक्रिया