कला


अमिताभ बच्चनको लोकप्रिय फिल्म 'डन'का निर्देशक चन्द्रा बारोटको निधन

अमिताभ बच्चनको लोकप्रिय फिल्म 'डन'का निर्देशक चन्द्रा बारोटको निधन

अमिताभ बच्चनसँग चन्द्रा बरोट


नेपालखबर
साउन ४, २०८२ आइतबार २०:३१, काठमाडौँ

अमिताभ बच्चनको लोकप्रिय र सफल फिल्म 'डन' का निर्देशक चन्द्रा बारोटको निधन भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार ८६ वर्षीय चन्द्राले आइतबार बिहान ७ बजेतिर बान्द्राको गुरु नानक मल्टी स्पेसलिटी अस्पतालमा अन्तिम सास फेरेका हुन्। 

अस्पतालका एक वरिष्ठ डाक्टरले नाम नछाप्ने सर्तमा भने, ‘चन्द्रा बारोटलाई दश दिनअघि धेरै गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो। त्यतिबेला उनी श्वासप्रश्वासमा समस्याबाट पीडित थिए, उनको रक्तचाप पनि सामान्यभन्दा धेरै कम थियो।’

उनका अनुसार चन्द्रा बारोटको स्वास्थ्य झनै बिग्रिएपछि केही दिनमै उनलाई आईसीयूमा भर्ना गरिएको थियो। तर उनलाई बचाउने सबै प्रयास सफल भएनन्।

आइतबार बिहान हृदयाघातका कारण चन्द्राको निधन भयो।

चन्द्रा बारोटले सहायक निर्देशकको काम पनि गरेका थिए।

१९७८ को सुपरहिट फिल्म 'डन'मा अमिताभ बच्चन, जिनत अमान र प्राणले अभिनय गरेका थिए।

यसअघि चन्द्रा बरोट सहायक निर्देशक थिए। उनले 'पूरब और पश्चिम' (१९७०), 'यादगार' (१९७०), 'शोर' (१९७२), 'रोटी कपडा और मकान' (१९७४) जस्ता फिल्ममा सहायक निर्देशकका रूपमा काम गरेका थिए।

फिल्म 'डन' को पटकथा सलिम-जावेदले लेखेका थिए।

२००६ मा जावेद अख्तरका छोरा फरहान अख्तरले 'डन' नामको फिल्मको रिमेक बनाए। यसमा शाहरुख खानले अमिताभ बच्चनको दोहोरो भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad