ad ad

कला


चर्चित गीत ‘जदौ माया’ समेटिएको ‘हिजो आजका कुरा’ को प्रदर्शन स्थगित

चर्चित गीत ‘जदौ माया’ समेटिएको ‘हिजो आजका कुरा’ को प्रदर्शन स्थगित

नेपालखबर
बैशाख १, २०७७ सोमबार ८:४५,

‘हिजो आजका कुरा’–दि मुभीको प्रदर्शन स्थगित गरिएको छ। कोरोना भाइरसका कारण विश्वनै लकडाउनको अबस्थामा रहेकाले ‘हिजो आजका कुरा’ निर्माण कम्पनी पन्त फिल्म प्रोडक्सनले नयाँ वर्षको अवसरमा सोमबार एक बिज्ञप्ती जारी गरि सो जानकारी दिएको हो।

वरिष्ट अभिनेता सन्तोष पन्तको कथा र निर्माणमा सकार पन्त निर्देशित फिल्म वैशाख १२ गते प्रदर्शन हुने तयारीमा थियो। सोही अनुसार आफूहरु तयार रहेको भए तापनि अहिलेको बिषम परिस्थितिले गर्दा हाललाई फिल्म प्रदर्शन स्थगित गरिएको निर्देशक साकारले बिज्ञप्तिमा उल्लेख गरेका छन्। उनले कोराना भाइरसबाट बच्नका लागि संयमता अपनाउन सबैलाई आग्रह गर्दै सम्पूर्ण नेपालीमा नयाँ वर्ष २०७७ को शुभकामना ब्यक्त गरेका छन्।

‘यहाँहरुले हामी र हाम्रो चलचित्रप्रति देखाउनु भएको माया र भरोसाप्रति हामी नतमस्तक छौं। जनजीवन सामान्य अबस्थामा फर्किएपछि हामी हाम्रो चलचित्रको नयाँ प्रदर्शन मिति तय गर्ने छौं।’ बिज्ञप्तीमा निर्देशक पन्तले उल्लेख गरेका छन्। उनले केही समयअघि सार्वजनिक आफ्नो फिल्मको ‘माया जदौ’ गीतलाई दर्शकले अत्याधिक मन पराएकाले आफूहरुलाई थप हौसला मिलेको र भबिष्यमा समेत अझ बढी माया र साथ पाउने आशा ब्यक्त गरेका छन्।

समसामयिक बिषयमा निर्माण गरिएको फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव पन्त, रिमा बिश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन्। रवि सायमीले खिचेको फिल्ममा सन्दीप किस्नाको पटकथा छ।

फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त, सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन्। फिल्मको ‘माया जदौ’ गीत युट्युवमा अहिलेसम्म झण्डै ७७ लाख पटक हेरिसकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .