कला


‘एक्टिङ स्टार’को मञ्चमा श्रीमान् गुमाएकी सृजनाको पीडादायी कथा

‘एक्टिङ स्टार’को मञ्चमा श्रीमान् गुमाएकी सृजनाको पीडादायी कथा

नेपालखबर
साउन १, २०८२ बिहिबार १७:५५, काठमाडौँ

रियालिटी शो ‘एक्टिङ स्टार’मा चर्चित जोडी सृजना सुवेदी र विवेक पंगेनीको वास्तविक जीवन घटनामा आधारित मार्मिक प्रस्तुति देखाइएको छ।

सृजनाका श्रीमान् विवेकलाई ब्रेन क्यान्सर भएपछि उनले देखाएको माया, समर्पण र त्यागलाई प्रतियोगी नविना रानाभाटले सशक्त अभिनय गरेकी हुन्। नविनालाई अभिनयमा दीपेश खत्री र अनुप भण्डारीले साथ दिएका थिए।

विवेकको उपचारदेखि अन्तिम बिदाइसम्म सृजनाले देखाएको समर्पणले दर्शकलाई भावुक बनाएको थियो। विशेषगरी अन्तिम दृश्यमा उनले विवेकलाई अन्तिम बिदाइ दिँदै गरेको क्षणलाई जसरी प्रस्तुत गरिन्, त्यसले सेटमा उपस्थित सबैले आँशु रोक्न सकेनन्। 

यस प्रस्तुति अघि नविनालाई सृजना सुवेदीसँग प्रत्यक्ष भेट गराइयो। सो भेटका क्रममा सृजनाले सम्पूर्ण घटनाक्रम सुनाउँदै आफ्नो पीडादायक तर प्रेरणादायी कथालाई सार्वजनिकरूपमा प्रस्तुत गर्न अनुमति दिएकी थिइन्। शोको टिमले सोही आधारमा यो प्रस्तुति तयार पारेको बताइएको छ। 

आयोजक महक मिडिया नेटवर्कका अनुसार शोमा नेपालका हिमाल, पहाड, तराई क्षेत्रका साथै भारतका सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल र मुम्बईबाट हजार भन्दा धेरै प्रतियोगीले अडिसन दिएका थिए। छनोट प्रक्रियापछि अहिले १३ जना उत्कृष्ट प्रतिस्पर्धी फाइनल चरणमा प्रवेश गरिसकेका छन्।

विजेताले नगद २० लाख रुपैयाँसहित चलचित्रमा अवसर प्राप्त  गर्नेछन् । फर्स्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad