कला


उत्कृष्ट अभिनेताको अवार्ड पाएसँगै विजय लेख्छन् : भावुक छु, झनै प्रतिबद्ध छु

उत्कृष्ट अभिनेताको अवार्ड पाएसँगै विजय लेख्छन् : भावुक छु, झनै प्रतिबद्ध छु

नेपालखबर
असार ३१, २०८२ मंगलबार १३:१५, काठमाडौँ

अभिनेता विजय बरालको लागि २०८१ साल निकै सुखद रह्यो। फिल्म ‘पूर्ण बहादुरको सारंगी’ मा बराल पहिलोपल्ट मुख्य भूमिकामा देखिए। जसले बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड पनि बनायो।

सोही फिल्मबाट विजयले सोमबार उत्कृष्ट अभिनयको लागि ‘राष्ट्रिय चलचित्र पुरस्कार’ पाएका छन्। राष्ट्रपति कार्यालमा भएको पुरस्कार वितरणा समारोहमा बरालले उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन्।

बेस्ट एक्टरको अवार्ड जितेसँगै विजयले एक स्टाट्स लेख्दै भावुक बनेका छन्। जीवनकै पहिलो अवार्ड पाउँदा उनले मण्डला थिएटरदेखि आफ्नो यात्रामा साथ दिने सम्पुर्णलाई सम्झिँदै धन्यवाद दिएका छन्।

‘यसबेला म सम्झिरहेको छु, मण्डलाको त्यो पुरानो मञ्च जहाँ अभिनयको पहिलो पाईला चालेको थिएँ। डराउँदै, अत्तालिदै र आफैभित्र उत्साह संगालेर गरेको त्यो यात्रामा, जब छड्के फिल्मको लागि पहिलोपटक क्यामेराअगाडि उभिएको थिएँ। म भावुकताको एउटा सिंगो नदी बगेको थिए। आज ती सबै क्षणहरू एकैचोटि मानसपटलमा सम्झना बनेर आईरहेका छन। मन नै त्यो यस्तो ठाउँ रहेछ, जहाँ सबैको सम्झना र याद एकैपटक संगाल्न सकिनेरहेछ,’फेसबुकमा लेखेका छन्।

जीवनको पहिलो अवार्ड पाउँदा विजय खुसीसँगै भावुक पनि बनेका छन्। ‘यो मेरो जीवनकै पहिलो अवार्ड। राष्ट्रियस्तरको उच्च अवार्ड। तर, यो अवार्ड मेरोमात्रै अवार्ड भएको छैन। यो तपाईहरू सबैको अवार्ड हो, जो मेरो मनको कुनामा हुनुहुन्छ र मसँगै खुसी भईरहनुभएको छ। तपाईहरू सबैको हिस्सा संगालेर आफ्नो छातीमाझमा यो अवार्ड राखिरहेको छु,’उनले फेसबुकमा लेखेका छन्, ‘सपना संगाल्दै, थिएटरको मन्चदेखि सिनेमाको पर्दासम्मको यो यात्रामाझ यो अवार्ड तपाईहरू सबैप्रति समर्पित गर्दै, यसलाई आफ्नो हृदय छेउमै राख्ने वाचा गर्दछु। म कृतज्ञ छु। भावुक छु। झनै प्रतिबद्ध छु।’

यो अवार्ड मात्रै नभई जिम्मेवार कलाकार बन्नका लागि गरेको प्रेमको प्रतीक भएको उनको भनाइ छ। साथै उनले आफूलाई विश्वास गरेको भन्दै ‘पूर्ण बहादुरको सारंगी’ टिमलाई समेत धन्यवाद दिएका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad