कला


एलिनाको अनुभव: अपमानजनक कमेन्ट सार्वजनिक गरिदिएपछि धमाधम माफी माग्न थाले

एलिनाको अनुभव: अपमानजनक कमेन्ट सार्वजनिक गरिदिएपछि धमाधम माफी माग्न थाले

फाइल फोटो


नेपालखबर
असार २३, २०८२ सोमबार २०:३७, काठमाडौँ

गायिका एलिना चौहानले सामािजक सञ्जालमा आएका अपमानजनक कमेन्ट सार्वजिनक गर्न थालेपछि सम्बन्धित व्यक्तिहरूले धमाधम माफी माग्न थालेकाे बताएकी छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सामाजिक सञ्जालमा अमर्यादित गालीगलौज गर्नेलाई सार्वजनिक गरिदिन थालेपछि यस्तो प्रतिक्रिया दिनेले धमाधम माफ माग्न थालेको बताएकी हुन्।

‘पढ्दै नसक्ने अपमानजनक कमेन्ट अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ’ एलिनाले भनिन्, ‘गालीलाई स्क्रिन सट गरेर सार्वजनिक गरेपछि अहिले धेरैले माफ मागिरहेका छन्।’

गीतको प्रतिक्रियामा अपमानजनक गालीगलौज बढ्दै गएपछि गायिका चौहानले यही असार १६ गते नेपाल प्रहरीअन्तर्गतको साइबर ब्यूरोमा उजुरी दिएपछि माफी माग्नेको सङख्या बढ्दै गएको छ।

‘डिर्भोसपछि गायिक एलिना चौहानले यस्तो गीत गाइन्, डिर्भोसपछि यस्तो...मेरो त नामकै ठाउँमा डिर्भोसजस्तो भयो, फेरि जोडियो सम्बन्ध, के के हो के के ?’उनले भनिन्, ‘बुबाआमालाई छोरीको ज्यान नै खतरामा पर्छ भन्ने चिन्ता भएपछि न्यायका लागि साईबर व्युरोमा गएर उजुरी गरेँ, अहिलेसम्म १५ जनाविरुद्ध उजुरी दिएकी छु।’

सामाजिक सञ्जालको नाममा जे पनि लेख्न नहुने भन्दै उनले जोडिन्, ‘सच्चिन जरुरी छ, गाली गर्दा पनि कस्तो शब्द लेख्ने? के लेख्न पाइन्छ? के लेख्न पाईदैन? व्यक्तिगत कुरामा गएर तथानाम गाली गर्न त मिल्दैन नि, त्यो बुझन जरुरी छ।’

सुझावका लागि कमेन्ट गर्न मन छ भनेर बरु प्रतिभामा प्रतिक्रिया दिएको उनलाई राम्रो लाग्छ।

‘तेरो स्वर मन पदैन भन्नु म केही भन्दिन, मलाई राम्री राजकुमारी भन्नुपर्छ भन्ने पनि छैन’–उनले थपिन्, ‘मैले नपढेको कमेन्ट बाबाले पढ्दा कस्तो नराम्रो लाग्छ, कमेन्ट पढ्नै नमिल्ने खालको हुन्छ, अहिले त डराएर माफ मागिरहेका छन्, गलत कमेन्ट अहिले त कतै कि खोज्नुपर्छ, आलोचना वा विरोध गर्दा पनि पढन मिल्ने खालको होस् न।’

पढ्नै नसक्ने खालका अश्लील गालीगलोजले मानसिक तनाबका साथै परिवारमा ठूलो तनाब सिर्जना भएको अनुभव उनले सुनाइन्।

सामाजिक सञ्जालमा अपमानजनक शब्द अति भएपछि प्रधानमन्त्रीसँग न्याय माग्न गएको र प्रधानमन्त्रीले यस्तो विषय अपराध हो भनेर हेरिदिएकोप्रति उहाँले खुशी लाग्यो गदै यस्तो अभियानमा लाग्न थप आत्मबल बढाएको उनले बताइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही असार १४ गते ‘साहसी छोरीहरु’ भनेर सामाजिक सञ्जाल फेसबुकमा गायिकहरु चौहान र समीक्षा अधिकारीको तस्बीर राखेर लेखेका थिए,‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनुपर्छ, समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ र्डोयाउन नदिन र विवेकतर्फ फर्काउनु ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो, समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो, राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad