अन्तरजातिय प्रेमकथामा बन्ने फिल्म ‘जदौ’ मा नीति शाह अनुबन्धित् भएकी छिन्। नीति र निर्माताबीच शनिबार राजधानीमा सम्झौता भएको हो। यस फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछिन्।
फिल्मको प्रमुख एक अभिनेतामा यसअघिनै मुकुन भुसाल अनुबन्ध भइसकेका छन्।
सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,शान्ता तामाङ र नारायण शास्त्री छन्। काजी लिम्बूको लेखन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट हुनेछ।
बाबुल गिरीको संगीत रहेको फिल्म दाङ तथा प्युठान जिल्लाका बिभिन्न स्थानमा खिचिने छ । फिल्मको प्युठान निर्माण ब्यबस्थापक लछुमन भण्डारी छन्।
सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले ‘जदौ’ को निर्देशक तथा बाँकी कलाकार,प्राबिधिक बारे केही दिनमै बिस्तृत जानकारी दिइने बताइन ।
Shares

प्रतिक्रिया