कला


अक्षयको फिल्म ‘हाउसफुल ५’ को हालसम्मको कमाइ कति?

अक्षयको फिल्म ‘हाउसफुल ५’ को हालसम्मको कमाइ कति?

नेपालखबर
जेठ २८, २०८२ बुधबार १३:३८, काठमाडौँ

बलिउडको फिल्म ‘हाउसफुल ५’ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ। यस फिल्मले पाँच दिनमा घरेलु बक्सअफिसमा १ करोड १६ लाख भारतीय रुपैयाँको व्यापार गरेको हो। 

बहुप्रतिक्षीत यस फिल्मले पहिलो दिन २४ करोड ३५ लाख भारुको ओपनिङ गरेको थियो। शनिबार ३२ करोड ३८  लाख र आइतबार ३५ करोड भारु कमाएको थियो। त्यसैगरि, सोमबार १३ करोड १५ लाख कमाउँदा मंगलबार ११ करोड ७० लाख कमाइ गरेको हो। 

२२५ करोड भारुमा बनेको यस फिल्मले नेपालमा पनि राम्रो कमाइ गरिरहेको छ। फ्रेन्चाइज फिल्म ‘हाउसफुल ५’ लाई तरुण मनसुखानीले निर्देशन गरेका हुन्। यस फिल्मका निर्माता साजिद नाडियाडवाला हुन्। 

यस फिल्ममा अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन, सञ्जय दत्त, फरदीन खान, श्रेयस तलपदे, नाना पाटेकर, ज्याकी श्राफ, डिनो मोरिया, चंकी पाण्डे, जोनी लिभर र निकितिन धीर लगायतको अभिनय रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad