कला


रुकुम-पश्चिम पुगेकी गायिका रचना रिमाल काठमाडौँ फर्केर अस्पताल भर्ना

रुकुम-पश्चिम पुगेकी गायिका रचना रिमाल काठमाडौँ फर्केर अस्पताल भर्ना

ह्याम्स अस्पतालमा गायिका रचना रिमाल।


नेपालखबर
जेठ २७, २०८२ मंगलबार १४:४४, काठमाडौँ

गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन्।

सांगीतिक कार्यक्रमका लागि रुकुम-पश्चिम पुगेकी उनी बिरामी भएपछि अस्पताल ल्याइएको हो। 

सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर रुकुम-पश्चिमबाट नेपालगन्ज लगिएकी रचनालाई मंगलबार बिहान काठमाडौँ ल्याइएको हो।

अहिले उनी काठमाडौँको ह्याम्स अस्पतालमा उपचाररत छिन्।

सोमबार रुकुम-पश्चिम पुगेकी उनले मंगलबार सानीभेरीको बेलटापुमा जारी महोत्सवमा प्रस्तुति दिने कार्यक्रम थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad