बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेहीको टीम काठमाडौँ आइपुगेको छ। शुक्रबार नोराको टिम त्रिभुवन विमानस्थल हुँदै काठमाडौँ आइपुगेको हो।
भोलि जेठ ३ गते शनिबार चुच्चेपाटीस्थित ह्ययात ग्राउन्डमा आयोजना हुने कार्यक्रममा नोराको टीमले प्रस्तुति दिनेछ।
यद्यपी, नोरा भने भोलि शनिबार मात्र काठमाडौँ आउने आयोजक संस्थाले जनाएको छ।
उक्त कार्यक्रममा नोरा फतेहीसँग–सँगै विभिन्न नेपाली कलाकारले पनि प्रस्तुति दिनेछन्।
2.2k
Shares

प्रतिक्रिया