कला


धरानमा ‘ऊनको स्वीटर साँझ’, ६ हजार भन्दाबढी दर्शक उपस्थिति

धरानमा ‘ऊनको स्वीटर साँझ’, ६ हजार भन्दाबढी दर्शक उपस्थिति

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १५:७, काठमाडौँ

बिहीबार साँझ धरानमा सांगीतिक कार्यक्रम ‘ऊनको स्वीटर साँझ’ सम्पन्न गरिएको छ। वैशाख २६ गतेबाट रिलिज हुने ‘ऊनको स्वीटर’ को प्रचारप्रसारस्वरुप धरान रङ्गशालामा आयोजित कार्यक्रममा ६ हजारभन्दा बढी दर्शकहरूको उपस्थिति रह्यो।

कार्यक्रमको लागि पाँचथरको फिदिमदेखि धरान सम्म २०० किमि बाटोमा मोटरसाइकल र्‍यालीमार्फत दर्शकहरू आएका थिए। अन्य गाउँ गाउँहरूदेखि समेत दर्शकहरू आएका थिए।

कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्र विक्रम बेघा लगायत विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो। फिल्मका कलाकार विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, परीक्षा लिम्बू, एलेक्स पारस, निर्देशक नवीन चौहान, गायक सुजन चापागाईँ, गायिका तथा सङ्गीतकार झुमा लिम्बू, र गीतकार युवराज काफ्लेलाई नगरप्रमुख साम्पाङले स्वागत तथा सम्मान गरे।

सुजन चापागाईँ र उनको ‘द इन्फिनिटी ब्यान्ड’ले लजाएर एक्लै किन, तिमी बिना तिमी हुनु, फूलथुङ्गे रानी, आँसुको भारी, गाला पुक्क, तीनपाते, मखमली लगायतका चर्चित गीतहरू प्रस्तुत गरे। गायिका झुमा लिम्बूसँगको ‘काफ्ले’ गीतले दर्शकहरूलाई विशेष रूपमा आकर्षित गर्‍यो।

यस कार्यक्रममार्फत सङ्कलित मुनाफा धरान उपमहानगरपालिकाको श्रम संस्कृति अभियानलाई आर्थिक सहयोग स्वरूप हस्तान्तरण गरिने चलचित्रका निर्देशक नवीन चौहानले बताए। यसअघि पोखरा र काठमाडौंमा पनि ‘ऊनको स्वीटर’ आयोजना गरिएको थियो।

नवीन चौहानको निर्देशित यस फिल्ममा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमु लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad