नेपाल प्रज्ञा-प्रतिष्ठानका कर्मचारीले चरणवद्ध आन्दोलन सुरु गरेका छन्।
सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन, प्रज्ञा-प्रतिष्ठान समितिले आन्दोलन सुरु गरेको हो।
हिजो (बिहीबार)देखि आन्दोलित कर्मचारीले आज सभा गर्दैछन्। हिजो उनीहरुले हातमा कालोपट्टी बाँधेर बिरोध जनाएका थिए।
पटक-पटक ध्यानाकर्षण गराउँदासमेत प्रज्ञा-प्रतिष्ठान प्रशासनले आफ्ना मागहरुप्रति वेवास्ता गरेको प्रतिष्ठानका अध्यक्ष महेश्वर थापा मगरको आरोप छ। ‘प्रज्ञा परिषद्को बैठक, सचिवालयका प्रमुख, कार्यकारी प्रमुख र प्रशासनिक व्यवस्थापकीय कमजोरीका कारण हामी आन्दोलन गर्न बाध्य हुनुपरेको हो,’ उनले भने।
उनले वैशाख ६ गते धर्ना, ७ गते प्रमुख कार्यकारीलाई कार्यालयमा प्रवेश निषेध, ९ गते प्रमुख पदाधिकारीहरूको सवारी साधन सञ्चालनमा अवरोध र १० गते कार्यालयमा तालाबन्दी गर्दै कामकाज सम्पूर्ण गरिने बताए।
Shares

प्रतिक्रिया