कला


सैफलाई चक्कु हान्ने शरिफुलविरुद्ध १६ सय पृष्ठको आरोपपत्र दायर, औँठाछाप मिलेको दाबी

सैफलाई चक्कु हान्ने शरिफुलविरुद्ध १६ सय पृष्ठको आरोपपत्र दायर, औँठाछाप मिलेको दाबी

अभिनेता सैफ अली खान (दायाँ) र उनलाई चक्कु हानेको आरोपमा पक्राउ परेका शरिफुल


नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार ६:४९, काठमाडौँ

बलिउड अभिनेता सैफ अली खानको घरमा घुसेर उनको हत्या प्रयास गरेको आरोपमा प्रहरीले बंगलादेशी नागरिक मोहम्मद शरिफुल इस्लामविरुद्ध आरोपपत्र दायर गरेको छ।

जसमा आरोपिको औँठाछाप सैफको सतगुरु शरण अपार्टमेन्टको आठौँ तल्लाबाट लिइएको नमुनासँग मेल खाएको उल्लेख छ।

फिंगरप्रिन्ट ब्युरोको प्रतिवेदनमा भनिएको छ, ‘तीन ठाउँबाट लिइएका नमुनामध्ये अभियुक्तको हत्केलाको छाप काठको ढोकामा (आठौँ तलाको सिँढीमा) फेला परेको थियो। बाँकी दुई औँठाछापका नमुना उनीसँग मेल खाएनन्।’

साथै सैफको घर, बाथरुमको ढोका, मार्बल, शयनकक्षको ढोका, दराजबाट लिइएका औँठाछापहरू पनि मेल नखाएको प्रतिवेदनमा उल्लेख छ। 

मुद्दाको अनुसन्धानमा संलग्न एक वरिष्ठ अधिकारीले भने, ‘आठौँ तल्लामा भेटिएको हत्केलाको छाप अभियुक्तले ढोकामा लगाएको बलपूर्वक समातेको वा धक्का दिएका कारणले हो। शरिफुल इस्लाम पहिलो तलाबाट ११औँ तल्लामा चढ्दा डकैती गर्ने उद्देश्यले अन्य फ्ल्याटका ढोका खोल्न खोजिरहेका थिए। त्यसैले आठौँ तलामा निशान भेटिए।’

घटनाको ८३ दिनपछि प्रहरीले अदालतमा दायर गरेको आरोपपत्रबाट सैफ अली खानको घरमा पसेर आक्रमण गर्ने व्यक्ति पक्राउ परेका शरिफुल इस्लाम नै हो भएको कुरा लगभग स्पष्ट भइसकेको छ। आक्रमणको तीन दिनपछि मुम्बई प्रहरीले उनलाई ठाणेको श्रम शिविर नजिकैबाट पक्राउ गरेको थियो।

घटनाको ८३ दिनपछि प्रहरीले अदालतमा दायर गरेको आरोपपत्रबाट, सैफ अली खानको घरमा पसेर आक्रमण गर्ने व्यक्ति अरु कोही नभएर प्रहरीले पक्राउ गरेको शरीफुल इस्लाम नै हो भन्ने कुरा लगभग पूर्ण रूपमा स्पष्ट भइसकेको छ। आक्रमणको तीन दिनपछि मुम्बई प्रहरीले उनलाई ठाणेको श्रम शिविर नजिकैबाट पक्राउ गरेको थियो।

प्रहरी स्रोतहरूलाई विश्वास गर्ने हो भने यस आरोपपत्रमा उनीहरूले शरिफुल विरुद्ध यस्ता प्रमाण छन्, जसलाई बचाउ यसलाई अस्वीकार गर्न असम्भव हुनेछ। यस सम्बन्धमा प्रहरीले दायर गरेको आरोपपत्र १६०० पृष्ठभन्दा लामो छ। यसमा ३५ जना साक्षीका बयानका साथै २५ वटा सीसीटीभी फुटेज समावेश छन्।

जनवरी १६ को राति एक जना व्यक्ति सैफ अली खानको सद्गुरु अपार्टमेन्टस्थित घरमा चोरी गर्ने उद्देश्यले प्रवेश गरे र घरका मानिसले देखेपछि उनले सैफलाई चक्कुले हाने। यसपछि परिवारका सदस्यले उनलाई एउटा कोठामा थुनेका थिए तर उनी त्यहाँबाट भाग्न सफल भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad