गत वर्षको ब्लकबस्टर फिल्म ‘छक्का पन्जा ५’ ओटीटी प्याल्टफर्म एमएसएम भिडिओमा स्ट्रिमिङ भएको छ। नयाँ वर्ष २०८२ को पहिलो दिनबाट यो फिल्म एमएसएम एपमा रिलिज गरिएको हो।
नयाँ नयाँ नेपाली फिल्म हलमा आएको केही महिनामै दर्शकले यो एपमा हेर्न पाइरहेका छन्। अब, दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पन्जा ५’ पनि दर्शकले एमएसएम एपमा हेर्न पाउने भएका हुन्।
यस फिल्मले गतवर्ष बक्स अफिसमा १५ करोड माथिको ग्रस कलेक्शन गरेको थियो। फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी, प्रकाश घिमिरे लगायतका कलाकारहरुको अभिनय छ।
531
Shares

प्रतिक्रिया