अशोक शर्माद्वारा निर्देशित फिल्म ‘डबल ट्रिपल’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। नयाँ वर्ष २०८२ को अवसरमा सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै निर्देशक शर्मामाले ‘डबल ट्रिपल’को नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन्।
यसअघि दशैंको फूलपातीमा रिलिज हुने भनिएको थियो। अब भने फागुन १ गतेबाट भ्यालेनटाइन डेको अवसरमा प्रदर्शनमा आउनेछ।
निर्देशक शर्माले लेखेका छन्,‘दसैँमा धेरै सिनेमाहरु आउने भए भरसक मिलाएर कम सिनेमा ल्याएर निर्माता साथीहरू पनि सेफ होस् भन्ने हेतुले सहमति बनाउने प्रयास गर्दा कोही पनि एक इन्च सर्न पनि तैयार भएनन् त्यसैले ‘डबल ट्रिपल’ अब २०८२ फागुन १ गते रिलिज हुनेछ।’
यस फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, रामप्रसाद खनाल तथा सुरविर पंडितको अभिनय छ। सिनेमाको कथारपटकथा निर्देशक शर्माले राजेश सिटौलासँग मिलेर लेखेका हुन्।
सिनेमामा शम्भुजित बाँस्कोटाको संगीत, शान बस्न्यातको संवाद, आलोक शुक्लाको छायाँकन, राजु किराँतीको एक्सन तथा सुनिल क्षेत्रीको नृत्य निर्देशन रहनेछ। नगेन्द्र घिमिरे सिनेमाका निर्माण नियन्त्रक हुन् । यसैगरी सिनेमाको निर्मातामा किरण शर्मा पौड्याल, किर्ति शर्मा तथा अंकित शर्मा रहेका छन्।
Shares

प्रतिक्रिया