कला


‘नरसिंहाः अवतार’ मा यस्तो छ नीति शाहको लुक्स

‘नरसिंहाः अवतार’ मा यस्तो छ नीति शाहको लुक्स

नेपालखबर
चैत ३१, २०८१ आइतबार ११:४२, काठमाडौँ

आगामी जेठ ९ गते रिलिज हुने फिल्म ‘नरसिंहाः अवतार’ बाट अभिनेत्री नीति शाहको लुक्स सार्वजनिक भएको छ। सार्वजनिक फस्टलुक पोस्टरमा नीति मुस्कुराएकी छिन्। 

सारीमा देखिएकी उनी निकै सुन्दर देखिएकी छिन्। यद्यपी उनी फिल्ममा कसको जोडीको रुपमा देखिने भन्ने निर्माण टिमले खुलाएको छैन।  

यो फिल्मलाई लिएर नीति शाह निकै नै उत्साहित छिन्। उनले अभिनेता राजेश हमालसँग फिल्ममा काम गर्न पाउँदा आफू उत्साहित भएको र धेरै कुरा सिकेको पनि बताइन्। 

दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको यस फिल्ममा राजेश र नीतिसहित नीर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, सनिषा भट्टराई, दीपा शाही लगायतको अभिनय छ। 

यस फिल्ममा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ। राजु विक्रम थापाको छायांकन रहेको फिल्ममा चन्द्र पन्तको कथा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad