मिस्टर एन्ड मिस नेसनल-२०२५ का अन्तिम २९ जना प्रतियोगी घोषणा भएको छ।
होटल क्राउन इम्पेरियलमा सोमबार आयोजित स्यास सेरेमोनीमा सेमी-फाइनालिस्ट सार्वजनिक गरिएको हो।
जसमा १४ पुरुष र १५ महिला छनोट भएका हुन्।
कार्यक्रममा उनीहरूले औपचारिक रूपमा आफ्नो परिचय दिए।

लक्की ड्रमार्फत प्रत्येक प्रतियोगीलाई एक प्रतियोगी नम्बर तोकिएको थियो।
नोभेम्बर क्लोथिङको चौथो सिजनको ट्रु डर्मा र महिन्द्रा अग्नि समूहले सहकार्य गरेका छन्।
देशका विभिन्न स्थानमा सञ्चालन गरिएको अडिसनमार्फत यी प्रतिस्पर्धी छानिएको सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्ययले बताए।
उपाध्यायले यस वर्षको संस्करणको निकै उत्साहित र आशावादी रहेको बताए।
‘प्रत्येक सिजनले ऊर्जा र प्रतिभाको नयाँ लहर ल्याउँछ। यस वर्षका सहभागीहरू केवल सुन्दरताका अनुहारहरू मात्र होइनन् तर परिवर्तनका आवाजहरू हुन्। सनुर्वी इन्टरनेसनल राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चम्कन सक्ने व्यक्तिहरूलाई अगाडि ल्याउनेछ।’
सानुर्वी इन्टरनेसनलले हालसालै काठमाडौँ विश्वविद्यालयमा जलवायु परिवर्तन र जलवायु कार्यको सन्देशसहित अन्तर्राष्ट्रिय विपश्यन रनवे शो गरेको थियो।
जहाँ चार अन्तर्राष्ट्रिय विजेतासहित नेपाली ब्युटी पेजेन्टका विजेता प्रस्तुत भएका थिए।
यस प्रतियोगितामा ६ वटा अन्तर्राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
साथै प्रतिस्पर्धीहरूको भोटिङ समेत सुरु भएको छ।
Shares

प्रतिक्रिया