सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ।
चितवन र हेटौँडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको सुटिङ ३६ दिनमा सकिएको हो।
‘हामीले अपेक्षा गरेजस्तै चलचित्रको छायांकन गर्न सफल भएका छौँ। कथाले मागेको लोकेसनमा चाहे जसरी छायांकन गरेका छौँ। अब पोस्ट प्रोडक्सनमा पनि मेहनत गर्नेछौँ र दर्शकले चाहेजस्तै चलचित्र निकाल्ने छौँ।’
सामाजिक कथावस्तु पस्किने चलचित्र सन्देशमूलकसँगै मनोरञ्जन प्रदान हुने निर्देशक पौडेलले बताए। यस फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय छ।
‘वरिष्ठ बलराम’ले यसअघि नै रिलिज डेट लिइसकेको छ। लक्ष्मीपूजाका दिन कात्तिक ३ गते रिलिज हुनेछ। यो चलचित्र सुरेन्द्र पौडेलको चौथो निर्देशकीय सिनेमा हो। आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन्।
निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रको कथा महेश दवाडीले लेखेका हुन्। सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’मा डिओपी मानकृष्ण महर्जनको छ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, प्रदीप लामाको कोरियोग्राफी छ।
‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्यमा निर्माण भएको हो।
यो चलचित्रलाई काठामाडौँ उपत्यकामा डिसिएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने भएका छन्।
Shares

प्रतिक्रिया