ग्लोबल


उत्तरी चीनको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु

उत्तरी चीनको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु

नेपालखबर
चैत २७, २०८१ बुधबार १२:५७, काठमाडौँ

उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले बुधबार जनाएअनुसार राजधानी बेइजिङबाट करिब १८० किलोमिटर उत्तरपूर्वस्थित लोङहुआ काउन्टीको नर्सिङ होममा मंगलबार राति ९ बजे आगलागी भएको हो। 

बुधबार बिहान ३ बजेसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको सिन्ह्वाले जनाएको छ। 

“नर्सिङ होममा रहेका अन्य वृद्धवृद्धालाई थप अवलोकन र उपचारका लागि नजिकैको अस्पतालमा सारिएको छ”, सरकारी समाचार एजेन्सीले जनाएको छ।

सिन्ह्वाका अनुसार आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ। 

नर्सिङ होमका लागि जिम्मेवार एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको काउन्टी सरकारले जनाएको छ। 

चीनमा शिथिल भवन संहिता र कार्यस्थल सुरक्षाप्रति अक्सर लापरवाह दृष्टिकोणका कारण घातक आगलागी तुलनात्मक रूपमा सामान्य छन्।

जनवरीमा बेइजिङको उत्तरपश्चिममा रहेको झाङजियाकोउ सहरको एक तरकारी बजारमा भएको आगलागीमा आठ जनाको मृत्यु र १५ जना घाइते भएका थिए।

त्यसभन्दा एक महिनाअघि पूर्वी चीनको रोङचेङ सहरमा रहेको एक निर्माण स्थलमा भएको आगलागीमा नौ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad