कला


निफमा ‘शाम्बाला’ लाई गौतम बुद्ध अवार्ड, अञ्जना बराइली उत्कृष्ट अभिनेत्री

निफमा  ‘शाम्बाला’ लाई गौतम बुद्ध अवार्ड, अञ्जना बराइली उत्कृष्ट अभिनेत्री

नेपालखबर
चैत ११, २०८१ सोमबार २१:३९, काठमाडौँ

आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा मिन बहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ लेे उत्कृष्ट गौतम बुद्ध अवार्ड जितेको छ।

त्यस्तै, फिल्म ‘आखाँ’ले उत्कृष्ट राष्ट्रिय फिचर फिल्म अवार्ड हात पारेको छ। उत्कृष्ट निर्देशक तर्फ ‘पुजार सार्की’बाट निर्देशक दिनेश राउत घोषित भए।
त्यस्तै, उत्कृष्ट अभिनेत्रीको अवार्ड  चलचित्र ‘पुजार सार्की´ अञ्जना बराइलीले जितिन। उत्कृष्ट अभिनेतातर्फ  ‘आखाँ’बाट आर्के मेहताले हात पारे।

त्यसैगरी, राष्ट्रिय फिचर फिल्म अवार्ड छायांकार राजेश श्रेष्ठले जितेका छन्। उत्कृष्ट राष्ट्रिय चलचित्र लेखन अवार्ड जौन योञ्जनले पाएका छन्।  

त्यसैगरी, भारतीय चलचित्र ‘रूक्मिणी’ले डङ्की आट्य अवार्ड मञ्जुश्री अवार्ड (एआई फिल्म अवार्ड) अर्जेन्टिनाको चलचित्र ‘द अविस्’ ले पाएकाे छ।

उत्कृष्ट सर्ट फिल्म डिरेक्टर अवार्ड निशान खत्रीको चलचित्र ‘अ बिटनेस’ ले पाएको छ भने, ‘माउन्ट एभरेस्ट अवार्ड’ बेल्जियमको ‘मेल्टिङ स्नु’ ले पाएकाे छ। यस वर्ष ‘बागमती अवार्ड’ स्पेनको चलचित्र ‘लुसिया जि रोमेरो’ ले पाएकाे छ।

लक्ष्मण सुवेदी निर्देशित चलचित्र सतिदेवी उत्कृष्ट फिचर फिल्म अवार्ड पाएकाे छ। त्यस्तै, उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री फिल्म अवार्ड सुविना श्रेष्ठको ‘देवि’, अडियन्स चोइस अवार्ड डकुमेन्ट्री तर्फ चलचित्र ‘गल्स रि राइटिङ डेस्टिनि’, उत्कृष्ट सर्ट चलचित्र अवार्ड र राष्ट्रिय सर्ट फिल्म अवार्ड निराजन राज भेटवालको चलचित्र ‘द विटनेस ट्रि’ ले पाएकाे छ।

चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौँमा भएको निफ महोत्सवमा ४० देश का ८७ फिल्म प्रदर्शन भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad