बिहीबारबाट रिलिज भएको फिल्म ‘आउटलः दफा २१९’ले दर्शकहरूबाट सुखद प्रतिक्रिया पाएको छ। बिहीबार दिनभर काठमाडौँका विभिन्न हलमा पुगेका फिल्मका कलाकारहरुले दर्शकसँग साक्षात्कार गरे।
फिल्मका अभिनेता सुशील श्रेष्ठ, निर्माता अमित अग्रहरि, निर्देशक विक्की महर्जन र सम्पादक साहिल खान दिनभर हल–हलमा पुगेका थिए।
फिल्म हेर्नका लागि युवापुस्ताका दर्शकहरुको चाप हलमा बढी देखिएको थियो। फिल्म हेरेपछि अधिकांश दर्शकले यसको एक्सनको खुलेरै तारिफ गरे।
फिल्म हेरेर निस्किएकी एक युवतीले नायक सुशील श्रेष्ठको कामको तारिफ गर्दै भनिन्– ‘सायद, यस्तो एक्सन नेपालमा अहिलेसम्म बनेकै थिएन होला। यस्तो फिल्म आएपछि हामीले बलिउड र साउथको फिल्म पनि हेर्नुपर्दैन। कथावस्तु पनि राम्रो छ।’
काठमाडौँ बाहिरका दर्शकले पनि फिल्म हेरेर उत्कृष्ट प्रतिक्रिया दिएका छन्। फिल्मको कथावस्तुले महिलाको कथा उठाएको छ। साथमा, फिल्मको सस्पेन्स पाटो पनि गज्जब छ।’
दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएपछि नायक सुशील श्रेष्ठ पनि उत्साहित देखिए। उनले भने–‘मैले ४ वर्ष एउटा उत्कृष्ट फिल्ममा काम गर्छु भनेर नै अफर आएका थुप्रै फिल्म छाडेको हुँ। आज दर्शकहरुले दिनुभएको मायाले उत्साहित छु।’
फिल्मका निर्देशक विक्की महर्जनले पनि २ वर्ष लगाएर आफूहरुले गरेको मिहिनेतमा दर्शकहरुले साथ दिएको भन्दै खुशी व्यक्त गरे।
Shares

प्रतिक्रिया