कला


हलमा लाग्यो दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’

हलमा लाग्यो दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’

फाइल तस्बिर


नेपालखबर
चैत १, २०८१ शुक्रबार ८:१७, काठमाडौँ

आज शुक्रबार सिनेमाहलमा दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ प्रदर्शनमा आएको छ। थुप्रै अन्तर्राष्ट्रिय महोत्सवमा फन्को लगाइसकेको यो फिल्म अन्ततः नेपाली सिनेमा हलमा रिलिज भएको हो।

सत्य घटनाकाे कथा समेटिएको ‘राजागंज’ले नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अपरेसनको कथा उठाएको छ।

यस फिल्ममा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतकाे अभिनय छ। 

यो फिल्म भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता विश्वका ठूला सिनेमा महोत्सवमा सहभागी भइसकेको छ।

यो सिनेमा गत कात्तिकमा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो। सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो।

प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो। 
फिल्मको निर्माणमा आदि फिल्मस्‌का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मसका तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad