अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामका लागि वार्ता गर्न अमेरिकी टोली रुस प्रस्थान गरेको बताएका छन्।
यद्यपि उनले यो टोलीमा कुन–कुन व्यक्ति समावेश छन् भन्ने खुलाएका छैनन्।
केही दिनअघि मात्र साउदी अरेबियामा अमेरिकी अधिकारीहरूसँग भएको वार्तामा युक्रेनले ३० दिनको तत्काल युद्धविराममा सहमति जनाएको थियो।
युक्रेनको सहमतिपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘बल अब रुसको कोर्टमा छ’ भनेका थिए।
साउदी अरेबियाको जेद्दाहमा भएको बैठकपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अब यस विषयमा रुसलाई तयार पार्ने अमेरिकाको हात रहेको बताएका थिए।
यसैबीच रुसी राष्ट्रपतिको कार्यालयले यो युद्धविराम प्रस्तावको अध्ययन गरिरहेको र ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता हुन सक्ने बताएको छ।
Shares

प्रतिक्रिया