कला


राजागंजको गीत ‘इन्द्रेणी’ सार्वजनिक, जनकपुरमा गरियो प्रिमियर

राजागंजको गीत ‘इन्द्रेणी’ सार्वजनिक, जनकपुरमा गरियो प्रिमियर

नेपालखबर
फागुन २५, २०८१ आइतबार १४:५९, काठमाडौँ

दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’को गीत ‘इन्द्रेणी’ सार्वजनिक भएको छ।  

सार्वजनिक गीतमा प्रवेश मल्लिकको संगीत तथा धिरेन्द्र प्रेमर्शीको शब्द रचना र स्मारिका फुयाँलको स्वर सुन्न सकिन्छ।

मधेशको सेटअपमा खिचिएको गीतलाई सिनेमाका कथा वाचनको रुपमा समावेश गरिएको छ। गीतको सार्वजनिक भिडियामा सिनेमाका प्राय सवैजसो कलाकारलाई स्थान दिइएको छ।

जसले मधेश र पहाडमा हुने विभेदलाई गजवले प्रस्तुत गरेको भान हुन्छ।

यसैबीच, सिनेमाको छायांकन स्थल जनकपुरमा सिनेमाको भव्य प्रिमियर शोको  गरिएको छ। जनकपुरमा अवस्थित ६ सय दर्शक क्षमताको गिरिजा हलमा सिनेमाको रेड कार्पेट प्रिमियर गरिएको थियो।

जनकपुरका मेयरदेखि प्रहरीका उच्च पदस्थ पदाधिकारीले प्रिमियर शोमा सिनेमा हेरेका थिए।

जनकपुरधाम उपमहानगरपालिकाको मेयर मनोज कुमार शाह, एसपी भूवनेश्वर तिवारी, चलचित्र विकास बोर्ड मधेश प्रदेशका कार्यवाहक अध्यक्ष अशोक दत्त, मानव अधिकारकर्मी, अभियन्ता र सिनेमामा आबद्ध जनकपुरका कलाकारले सिनेमा हेरेका थिए।

सिनेमाका निर्देशक दीपक रौनियार, अभिनेत्री आशा मगराती, आरती मण्डल, सुरज यादव, रिंकु गायत्री मिश्रा, परमेश्वर झा, मदन ठाकुर, सरोज मिश्र, घनश्याम मिश्रलगायत उपस्थित थिए।

सिनेमा हेरिसकेपछि अधिकांश पाहुनाले प्रमुख पात्र ‘पूजा सर’को तारिफ गरेका थिए। महिलाहरु पूजा, सर जसरी नै आँटिलो, जोशिलो अनि हिम्मतिलो हुनुपर्छ, अहिलेका महिलाहरु कमजोर छैनन्। अन्तर्राष्ट्रिय महिला दिवसका दिन गरिएको प्रिमियर शोमा सिनेमा हरेका दर्शकले प्रतिक्रिया दिएका थिए।

सिनेमामा आशासहित दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ।

सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठूला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ। यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो। सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो।

सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन्। यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad