नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले राजावादी पक्षहरू कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गरेकी छन्।
राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै सांसद राईले प्रतिगामीहरू संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको बताइन्।
‘यतिबेला फेरि प्रतिगामी तत्वहरू कुर्लिंदैछन्। र आज संविधानको उल्लङ्घन गर्न खोजिरहेका छन्। हामीले वर्षौ संघर्ष गरेर ल्याएका उपलब्धीहरू फेरि खोस्न चाहादैछन्। आज संघीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन्,' उनले भनिन्, 'आज हामीले संविधानबाट प्राप्त गरेका अधिकारहरू दिनदिनै कमजोर बन्दै गइरहेका छन्। हामीले मसानघाटमा पुर्याएको राजतन्त्र कुर्लिरहेको छ, त्यसकारण खतरा र राजनीतिक अस्थिरता पैदा भइरहेको छ। हरेक ठाउँमा अनावश्यक नाराहर गुञ्जिरहेको छ। त्यसमा हामी सबै यसमा केन्द्रित हुनुपर्छ। हामीले प्राप्त गरेका उपलब्धीहरूको नगुमाउन सजग बनौं र संविधान कार्यान्वयनमा अघि बढौं।’
Shares

प्रतिक्रिया