चलचित्र विकास बोर्डमा महिला चलचित्र महोत्सवमा ७ जना महिला चलचित्रकर्मी स्रष्टालाई सम्मान गरिएको छ। बोर्डमा आयोजित ३ दिने कार्यक्रममा नेपाली फिल्मको विकासमा योगदान पुर्याएबापत सम्मान गरिएको हो।
अभिनेत्रीहरू करिश्मा मानन्धर, रश्मी भट्ट, सरिता साह, पशुपति राई, थिन्ले ल्हामो, मेकअप कलाकार शोभा श्रेष्ठसहित पत्रकार गीता अधिकारीलाई सम्मान गरिएको थियो। यो फेस्टिभल बोर्ड अन्तर्गतको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले फेस्टिभल गरेको थियो।
महोत्सवमा ऐतिहासिक नेपाली फिल्म ‘सिन्दूर’ प्रदर्शन गरिएको थियो। यो फिल्मका कलाकारको मुहारचित्र ललितकलाका विद्यार्थीले तयार पारेका थिए।
महोत्सवको दोस्रो दिन पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा प्रमुख अतिथि थिइन्। सो दिनमा महिलाले महिलाको विषयमा निर्माण गरेका लघु फिल्म देखाइयो। सो अवसरमा निर्देशक र कलाकार रेखा थापा, स्वस्तिमा खड्कासँग छलफल गरिएको थियो।
बिहिबार महिलाप्रधान नाटक ‘दृश्य परिदृश्य’ मञ्चन गरिएको थियो। त्यसदिन सामाजिक संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमुख अतिथिको रुपमा सहभागि थिइन्। महोत्सवको उद्घाटनमा काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले गरेकी थिइन्। रासस
Shares

प्रतिक्रिया