कला


आमाबुवा बन्दै बलिउड कपल कियारा र सिद्धार्थ

आमाबुवा बन्दै बलिउड कपल कियारा र सिद्धार्थ

नेपालखबर
फागुन १८, २०८१ आइतबार १२:२, काठमाडौँ

बलिउड अभिनेत्री कियारा आडवाणी आमा बन्ने भएकी छिन्। बलिउड रियल कपल कियारा र अभिनेता सिद्धार्थ मलहोत्ता छिट्टै बुवाआमा बन्न लागेका हुन्।

कियारा इन्स्टाग्राममार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन्। कियारा र सिद्धार्थले एक तस्विर राख्दै लेखेका छन्स् हाम्रो जीवनको सबैभन्दा प्यारो खुसी छिट्टै आउँदैछ।

यो खबर सार्वजनिक भएसँगै उनीहरुलाई फ्यान तथा कलाकारहरुले बधाई तथा शुभकामना दिइरहेका छन्। 

सन् २०२३ फ्रेब्रअरी ७ मा कियारा र सिद्धार्थले बिहे गरेका थिए। ‘शेरशाह’ को सुटिङमा नजिक भएका उनीहरुबीच प्रेमविवाह भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad