केदार घिमिरे ‘माग्ने बुढा’को मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ छायांकन सुरु भएको छ।
बुधबार महाशिवरात्रिको अवसरमा सूर्यविनायक मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको सुटिङ सुरू गरिएको हो।
फिल्मको शुभमूहुर्तमा फिल्मका मुख्य कलाकारहरुको उपस्थिति थियो। काभ्रेको बल्थलीबाट छायांकन सुरू गरिएको हो।
ऋषि लामिछानेको निर्देशन रहेको फिल्मा केदारसहित वर्षा शिवाकोटी, शारदा गिरी, विल्सनविक्रम राई, शिशिर वाङदेल, मिस पबी, पुष्कर गुरुङको अभिनय छ।
आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले निर्माण गरिरहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र सामीप्यराज तिमल्सेनाको पटकथा छ। यो फिल्म आगामी वर्षको तीजमा रिलिज हुनेछ।
केदार यस फिल्ममा पहिलोपटक मुख्य भूमिकामा देखिन लागेका हुन्। यसअघि उनी सहायक भूमिकामा देखिँदै आएका थिए। पछिल्लोसमय केदार धमाधम ‘छक्का पञ्जा’ बाहिरका फिल्म साइन गरिरहेका छन्।
Shares

प्रतिक्रिया