फिल्म 'एक्सक्युज मी'मा देखिएका अभिनेता साहिल खानले दोस्रो विवाह गरेका छन्।
भ्यालेन्टाइन्स डेको अवसरमा दुबईको बुर्ज खलिफामा उनले आफ्नी प्रेमिका मिलेना एलेक्जेन्ड्रासँग विवाह गरेका हुन्।
जसका तस्बिर उनले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा सेयर गरेका छन्।
पोस्टमा उनले लेखेका छन्, ‘अन्ततः विवाह भयो। बधाई र शुभकामनाका लागि धन्यवाद। मेरा सबै प्रियजनहरूलाई भ्यालेन्टाइन्स डेको शुभकामना। सबैले जीवनमा प्रेम, खुसी र सफलता पाउन्।’
साहिल खानले पहिलो विवाह २००४ मा इरानी अभिनेत्री नेगर खानसँग गरेका थिए। तर उनीहरूको विवाह एक वर्षभन्दा कम समय मात्र टिक्यो र २००५ मा उनीहरूको सम्बन्धविच्छेद भयो।

420
Shares

प्रतिक्रिया