कारोबार


आज कुन विदेशी मुद्राको विनियमदर कति?

आज कुन विदेशी मुद्राको विनियमदर कति?

नेपालखबर
फागुन ४, २०८१ आइतबार ४:५५, काठमाडौँ

 नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

आज सबैजसो विदेशी मुद्राको विनियमदर घटबढ् भएको छैन। अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबैजसो मुद्राका कारोबार सोही मूल्यमा हुनेछ।

हिजो अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको थियो। तर,  अमेरिकी डलरसहितका केही मुद्रा भने हिजो सस्तिएका छन्। आज पनि हिजोकै विनियमदरमा यी मुद्राको कारोबार हुनेछ। 

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २२ पैसा छ।

यही माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४५ रुपैया ०७ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ७० पैसा छ।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ १५ पैसा छ। 

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २० पैसा छ।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपैयाँ ५० पैसा र बिक्रीदर चार सय ५१ रुपैयाँ ४४ पैसा छ।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६७ रुपैयाँ ७८ पैसा र बिक्रीदर तीन सय ६९ रुपैयाँ ३७ पैसा छ। 

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad