फ्रान्समा मिटु मुद्दामा फ्रान्सेली फिल्म निर्माता क्रिस्टोफ रुग्जियालाई अदालतले दोषी ठहर गरेको छ।
पेरिसको एक अदालतले फ्रान्सेली अभिनेत्री एडेल हेनेललाई यौन दुर्व्यवहार गरेको कसुरमा सोमबार ४ वर्षको सजाय सुनाएको हो।
यसमा रुग्जियालाई दुई वर्ष घरमै नजरबन्द र दुई वर्ष निलम्बन सजाय रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
निर्देशक क्रिस्टोफले हेनेललाई २००० को दशकको सुरुवातमा यौन दुर्व्यवहार गरेका थिए, जतिबेला हेनेल १५ वर्षभन्दा कम उमेरकी थिइन् भने क्रिस्टोफ ३० वर्षका भइसकेका थिए।
रुग्जियाले भने आरोप अस्वीकार गरेका छन् तर आफूबाट केही ‘त्रुटि’ भएको स्वीकार गरेका छन्।
114
Shares

प्रतिक्रिया