उद्योगपति शेखर गोल्छाले फिल्म निर्माणमा हात हालेका छ्न्। उनले एक कार्यक्रमबीच फिल्म ‘परान’ बनाउने घोषणा गरेका हुन्।
चर्चित टेलिसिरियल ‘सक्किगो नि’का कलाकार दीपक आचार्य (काकु)ले यस फिल्ममार्फत् निर्देशनमा डेब्यु गर्ने भएका छन्। बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा बन्न लागेको फिल्मको कथा पनि आचार्यले नै लेखेका हुन्।
उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्ष गोल्छाले फिल्म निर्माणमा प्रिज्मा एडभटाईजिङका प्रमुख रन्जित आचार्यसँग सहकार्य गर्नेछन्।
साथै फिल्मको कलाकारबारे समेत जानकारी दिइएको छ। फिल्मको मुख्य भूमिकामा नीर शाह देखिनेछ्न्। साथै मदनकृष्ण श्रेष्ठ, सुभाष गजुरेल, पूजा चन्द, अञ्जना बराइली, केकी अधिकारी, प्रविण खतिवडा, महेश त्रिपाठी, यमन श्रेष्ठ लगायतको फिल्ममा अभिनय रहनेछ।
फिल्मको सुटिङ फागुन पहिलो सातादेखि धनकुटाबाट सुरू हुनेछ ।
पछिल्लो समय नेपाली फिल्महरुले बक्सअफिसमा राम्रो व्यापार गरिरहेका छ्न। ‘पूर्ण बहादुरको सांरगी’ ले नेपालभर ५० करोड बढीको व्यापार गर्दै इतिहास रचिसकेको छ। फिल्म लगानीमा उद्योगपति आउनु सकारात्मक भएको यो क्षेत्रका जानकारहरुले बताएका छन्।
Shares

प्रतिक्रिया