कला


बयान लिन सैफ अली खानको घर पुग्यो प्रहरी

बयान लिन सैफ अली खानको घर पुग्यो प्रहरी

नेपालखबर
माघ ९, २०८१ बुधबार १२:४५, काठमाडौँ

चक्कु आक्रमणमा परेका बलिउड अभिनेता सैफ अली खानको बयान लिन प्रहरी बान्द्रास्थित उनको घरमा पुगेको छ। 

बिहीबार भएको घटनापछि अस्पताल भर्ना भएका सैफ मंगलबार मात्र घर फर्किएका थिए। 

घटनाको ६ दिनपछि प्रहरीले सैफसँग सोधपुछ गरेको हो।

घटनामा संलग्न आरोपमा मुम्बई प्रहरीले जनवरी १९ मा मोहम्मद शरिफुल इस्लाम शहजाद नामका ३० वर्षीय व्यक्तिलाई पक्राउ गरिसकेको छ।

प्रहरीले शरिफुललाई सैफको घरबाट करिब ५०० मिटर टाढा लगेको थियो। करिब ५ मिनेटपछि प्रहरीले उनलाई  प्रहरी चौकीमा फर्काएको थियो। 

प्रहरीका अनुसार शरिफुल सैफको घरमा बाथरुमको झ्यालबाट पसेका थिए र हमलापछि पनि त्यहीँबाट बाहिरिएका थिए।

सैफ-करिनाका छोरा जेह उर्फ जहांगिरको कोठामा आक्रमणकारीको टोपी भेटिएको छ। टोपीमा भेटिएको कपाल डीएनए परीक्षणका लागि स्कुल अफ मेडिसिन पठाइएको छ।

गार्ड सुतेको मौकामा आक्रमणकारी सैफको घरमा पसेका थिए। 

मुख्य गेट र करिडोरमा सीसीटीभी नहुँदा पनिस ती व्यक्तिले फाइदा उठाएका थिए। 

कुनै आवाज नआओस् भनेर उनले जुत्ता फुकालेर मोबाइल बन्द गरेको अनुसन्धानले देखाएको छ। 

आक्रमणबाट गम्भीर घाइते सैफ ५ दिनको उपचारपछि मंगलबार लीलावती अस्पतालबाट डिस्चार्ज भएका हुन्। 

आक्रमणमा सैफ अली खानलाई ६ ठाउँमा चोट लागेका थिए। जसमध्ये मेरुदण्ड र घाँटीका चोट गहिरा थिए।

डाक्टरहरूले भनेका छन्, ‘सैफ अली खानको मेरुदण्डबाट साढे दुई इन्च लामो चक्कुको टुक्रा निकालियो।’

सैफ अली खानलाई लीलावती अस्पतालबाट घर पुग्न करिब १५ मिनेट लाग्यो। यस क्रममा उनी सडकमा मुस्कुराउँदै मानिसहरूलाई अभिवादन गरेको देखियो।

घर पुगेपछि उनी आफैँ कारबाट ओर्लेका थिए। सैफ सेतो सर्ट, नीलो जिन्स र कालो चस्मामा थिए।

उनको ढाडमा ब्यान्डेज देखिन्थ्यो। उनको घरबाहिर कडा सुरक्षा व्यवस्था गरिएको छ।

सैफ अब आफूविरुद्ध आक्रमण भएको सतगुरु शरण अपार्टमेन्टमा बस्ने छैनन्। उनका सामान नजिकैको फर्च्युन हाइट्स भवनमा सारिएको छ, जुन उनको कार्यालय हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad