'साइड डान्सर' कमल भक्तले नयाँ गीत ‘बाज’ ल्याएका छन्। गीतमा राजु अर्याल र अन्नु चौधरीको स्वर सुन्न सकिन्छ। बसन्त बिश्वकर्माको शब्द र कृष्ण बाजुरालीको संगीत रहेको गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको छ।
गीतमा कमल भक्त र बर्षा भण्डारा फिचर्ड छन्। भिडिओमा सुदूरपश्चिमको कथालाई प्रस्तुत गरिएको छ। गाउँको परिवेशमा हुर्किएका एक युवा आफ्नो प्रेमलाई छाडेर परदेशमा जानुपर्दाको पीडा देखाइएको छ। दिलिप सिंह, प्रज्जवल अधिकारी र प्रेम भण्डाराको अभिनय रहेको छ भने कथा र निर्देशन कमल भक्तकै रहेको छ।
कमल पाँचबर्षदेखि नेपाली गीतसंगीतको क्षेत्रमा सक्रिय छन्। उनले चलचित्रमा साइड डान्सरको रुपमा काम गर्दै, म्युजिक भिडिओको निर्देशन गर्न थालेका हुन्। उनले अहिलेसम्म साइड डान्सरको रुपमा झण्डै तीनसय बढी भिडिओमा काम गरिसकेका छन्।
Shares

प्रतिक्रिया