कला


थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण सुरु

थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण सुरु

नेपालखबर
पुस २९, २०८१ सोमबार १०:५०, काठमाडौँ

थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण सुरु भएको छ।

मकवानपुरस्थित थाहा नगरपालिकाको बज्रबाराहीमा रहेको सुमार्गी भवनमा पूर्वगृह राज्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले उद्‌घाटन गरे। 

उद्‌घाटनमा बानियाँले डकुमेन्ट्री `यो जिन्दगी खै के जिन्दगी´ प्ले गर्दै फेस्टिभल शुभारम्भ गरे।

थाहा कला केन्द्रको आयोजनामा भएको महोत्सवको पहिलो दिन सर्ट फिल्म छेसाङ, द रूप अफ होप र फिचर फिल्महरू पखेटा, बाटो देखाइएको थियो।

जुन हेर्न दर्शकको ठूलो भीड लागेको थियो।

त्यसैगरी `नेपाली फिल्मको विविधता´ शीर्षकमा निर्देशक सुलक्षण भारती र कलाकार नवीन न्यौपानेले अन्तर्किया गरेका थिए। 

फेस्टिभलका संयोजक प्रमोद कृष्ण जोशीले पर्यटकीय गन्तव्य को रुपमा परिचित थाहा नगरपालिकालाई फिल्म छायांकनका रूपमा विकास गर्नुपर्ने भएकाले यो फेस्टिभलमा सबैले साथ दिनुपर्ने बताए। 

थाहा नगपालिकाभित्र हालसम्म कुनै फिल्म हल सञ्चालन नभएपछि नेपाली फिल्म हेर्न नपाउने दर्शकलाई लक्ष्य गरेर आयोजना गरिएको आयोजकको दाबी छ।

कला केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानले थाहा नगरसहित इन्द्रसरोवर गाउँपालिकालाई मिनी फिल्म सिटीका रूपमा विकास गर्न सहयोग पुर्‍याउने उद्देश्य रहेको सुनाए। 

फेस्टिभल माघ १ गते मंगलबारसम्म सञ्चालन हुनेछ।

फेस्टिभल अवधीभर सर्ट फिल्म, फिचर फिल्म र डकुमेन्ट्रीसमेत गरी २० फिल्म प्रदर्शन गरिनेछन्।

आयोजकका अनुसार आज फिल्मको समीक्षाका विषयमा छलफल पनि हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad