समाज


थुनछेक बहस सुरु हुनुअघि इजलासमै निकिताले रविलाई लगाइदिइन् राताे टीका

थुनछेक बहस सुरु हुनुअघि इजलासमै निकिताले रविलाई लगाइदिइन् राताे टीका

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०८१ सोमबार १०:५८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका विषयमा जिल्ला अदालत काठमाडौँमा आज (सोमबार) थुनछेक बहस हुँदै छ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको प्रतिवाद गर्न आइतबार बिहानै जिल्ला अदालत पुगेका लामिछानेको बयान हिजै सकिएकाले आज थुनछेक बहस सुरु हुने भएको हो। 

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुने बहसका लागि आइतबार अपराह्नदेखि जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका रविलाई अहिले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ। 

इजलासमा उनकी पत्नी निकिता पौडेल पनि उपस्थित छिन्। 

यसैबीच निकिताले थुनछेक बहस सुरु हुनुअघि रविलाई रातो टीका लगाइदिएकी छन्। 

हिन्दु समाजमा रातो टीकालाई शुभ र सफलताको प्रतीक मानिन्छ। 

रविविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालसहित ११ जनाले बहस गर्ने भएका छन्।

रविका पक्षबाट भने पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र रमनकुमार श्रेष्ठले बहस गर्दै छन्। उनीहरूका लागि न्यायाधीश अधिकारीले सवा १ घण्टा समय तोकिदिएका छन्।

स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

लामिछानेविरुद्ध ५ करोड ८ लाख बिगो दाबी गर्दै सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ।

स्वर्णलक्ष्मी ठगी प्रकरणका दुई अभियुक्त भने यसअघि नै धरौटीमा छुटिसकेका छन्।

मुख्य अभियुक्तमध्येका जीबी राई फरार छन् भने अर्का अभियुक्त कुमार रम्तेल कास्की कारागारमा छन्।

रविका पक्षबाट भने पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र रमनकुमार श्रेष्ठले बहस गर्दै छन्। उनीहरूका लागि न्यायाधीश अधिकारीले सवा १ घण्टा समय तोकिदिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad