बलिउड अभिनेत्री पुनम पाण्डे आफ्ना ‘बोल्ड’ तस्बिरका कारण धेरैजसो चर्चामा आइरहन्छिन्।
उनले बुधबार राति सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा तस्बिर सेयर गरेकी छन् जुन अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ।
तस्बिरमा देखिएको दृश्यमा मानिसहरुको बढी ध्यान खिचेको छ। उक्त तस्बिरमा अभिनेत्री पाण्डेले आफ्ना प्रेमीलाई चुम्बन गरिरहेकी छन्। तर, दुबै जनाले आफ्नो मुखमा रुमाल बाँधेका छन्।

सामाजिक सञ्जाल इन्स्टामा अपलोड भएको केही समयमा नै यो फोटो भाइरल बनेको हो। अहिलेसम्म लाखौ लाई र कमेन्ट आइसकेका छन्। फोटोको क्यानसन दर्शक, शुभचिन्तकलाई नै राख्न उनले अनुरोध गरेकी छन्। उनका शुभचिन्तकले फोमाथि व्यापक कमेन्ट गरेका छन्। उनका शुभचिन्तकहरुले ‘कोरोना प्रेम’, ‘यो नै अहिलेको अवस्थामा उत्तम छ’, ‘मास्कका साथमा प्रेम’, ‘दुबै जनाले माया गर्छन् तर दुबैले माया गर्न सक्दैनन्’, लगायतका कमेन्ट गरेका छन्।
कतिपय कमेन्ट गर्नेहरुले पुनम र उनका प्रेमिको उमेरमाथि प्रश्न उठाएका छन्। एक जनाले त दुईको सम्बन्धलाई बाबुछोरीको संज्ञा दिएका छन्।
फोटोको पृष्ठभूमिलाई हेर्दा यो एक सपिङ कम्प्लेक्समा खिचिएको अनुमान गर्न सकिन्छ। किनभने यो फोटोको पृष्ठभूमिमा लुगाले सजाइएको डमी देख्न सकिन्छ।
तस्बिरमा पुनमले सेतो सर्ट लगाएकी छन् भने हरियो रुमालले मुख छोपेकी छन् भने उनका प्रेमीले निलो टिसर्ट लगाएका छन् भने मुखमा पनि निलै रुमाल बाँधेका छन्।

प्रतिक्रिया