कला


कस्तो छ दयाहाङ र जितु अभिनीत फिल्म ‘कार्साङ’को ट्रेलर?

कस्तो छ दयाहाङ र जितु अभिनीत फिल्म ‘कार्साङ’को ट्रेलर?

नेपालखबर
पुस १७, २०८१ बुधबार १७:२७, काठमाडौँ

दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा मुख्य पात्र दयाहाङ राईलाई समाजले पानीबाट काढ्ने चेतावनीबाट सुरु हुन्छ।
त्यसपछि ट्रेलरले मनको तीतो र अभाव देखाउँछ।

झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन र समाजले गर्ने बहिष्कारलाई ट्रेलरले समेटेको छ।

रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले चलचित्रको मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौता देखाउँछ।

अन्धविश्वास, परिवारको माया, अरुको चियोचर्चो गर्ने समाजले परिवारमा पुर्याएको बेमेल र छिन्नभिन्न परिवारको कथा समेट्दै ट्रेलर अन्त्य हुन्छ।

यम शेर्पाको डेब्यु निर्देशन रहेको यो फिल्म पुस २६ गतेबाट रिलिज हुँदैछ। ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताए।

चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ। यद्यपि, सबैले सिनेमा रिलेट गर्ने निर्देशकको दाबी छ।

फिल्ममा दयाहाङसहित सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन्। सह–निर्मातामा गोविन्द बोहरा छन्। कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad