कला


क्राइम थ्रिलर जनरामा फिल्म ‘११ः५५’ बन्ने

क्राइम थ्रिलर जनरामा फिल्म ‘११ः५५’ बन्ने

नेपालखबर
पुस १६, २०८१ मंगलबार १७:३५, काठमाडौँ

क्राइम थ्रिलर जनरामा फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) बन्ने भएको छ। अग्रेजी नयाँ वर्षको अवसर पारेर फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको हो।

साथै आगामी चैत्र ८ गतेलाई प्रदर्शन मिति समेत तोकिएको छ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेव्यु अभिनेता सागर खनाल फिचर्ड छन्। फिल्ममा बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय रहनेछ।

यस फिल्मको लेखन तथा निर्देशन केशव पाण्डे हुन्। यो उनको डेव्यु निर्देशकिय फिल्म हो। निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ।

बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ। सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन्।

सिनेमालाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad