गायक तथा मोडल दुर्गेश थापाले नयाँ गीत ‘दुस्मन हेरेको हेर्यै’ ल्याएका छन्। उनले गायक आनन्द कार्कीसँग सहकार्य गर्दै ल्याएको गीत युट्युवको संगीततर्फको ट्रेन्डिङमा आइसकेको छ।
गीतमा दुर्गेश र आनन्दसहित भर्सनमा गायिकाद्वय समिक्षा अधिकारी र एलिना चौहानको स्वर सुन्न सकिन्छ। गीतको शब्ददेखि संगीत र एरेन्ज दुर्गेशकै रहेको छ। मिक्सिङको काम बिमल छिनालले गरेका छन्।
फिल्मी शैलीमा तयार पारिएको गीतको भिडिओमा दुर्गेशसँगै प्रियंका कार्की, कविता नेपाली र तिब्बतीयन गायकको रूपमा चर्चामा आएका गायक तथा मोडल पेमा लामाको अभिनय छ।
पछिल्लो समय नेपाली गीत संगीतमा निरन्तर देखिँदै आएका पेमाले नेगेटिभ क्यारेक्टरमा गज्जबको अभिनय पस्केका छन् भने भिडियोमा थापा, अभिनेत्री कार्की र नेपालीको उपस्थिति अभिनय सुहाउँदो छ।
भिडियोतर्फ निर्देशन दुर्गेश थापा र बिजु पार्कीको रहँदा संजय विश्वकर्माको नृत्य निर्देशन, रुपेश थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन समावेश छ। भिडिओको कन्सेप्ट बिजु पार्कीको हो।
(भिडिओ)
Shares

प्रतिक्रिया