आगामी माघ १६ गतेबाट प्रदर्शन हुने फिल्म ‘एक्टरस् टेक वन’ नयाँ पोस्टर सार्वजनिक गरिएको छ। चलचित्रको प्रचार सामग्रीको रूपमा यी पोस्टरहरू सार्वजनिक गरिएको निर्देशक राजन भुसालले बताए।
एक पोस्टरमा प्रमुख कलाकारहरू प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी र, राजबल्लभ कोइरालालाई देख्न सकिन्छ। त्यसैगरि, अर्को पोस्टरमा अभिनेता द्वय प्रदीप र राजबल्लभलाई मात्र प्रस्तुत गरिएको छ।
विजय बस्यालले डिजाइन गरेका यी पोस्टरले चलचित्रको कथा र चरित्रहरूलाई प्रभावकारी रूपमा चित्रण गर्न प्रयास गरेका छ। एक पोस्टरले भावनात्मक सम्बन्ध र कथा सम्बन्धित पात्रहरूलाई केन्द्रमा राखेको छ भने दोस्रो पोस्टरले चलचित्रको थ्रिलिङलाई देखाउँछ।पोस्टरको शीर्ष भागमा रहेका अभिनेता प्रदिप खड्का देख्न सकिन्छ।
यस चलचित्रबाट अभिनेता कोइराला १० वर्षपछि ठूलो पर्दामा फर्किँदै छन्। यसै फिल्मबाट दिव्या रायमाझीले डेब्यु गरेकी छन्, जहाँ उनलाई ‘बोल्ड एन्ड ब्यूटिफूल’ रूपमा प्रस्तुत गरिएको छ।
दिव्या अभिनेता दिलीप रायमाझीकी छोरी हुन्। र, उनी अमेरिकाबाट नेपाल फर्केर यो चलचित्रमा अभिनय गर्न थालेकी हुन् ।
यस चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका अभिनय छ।
अदृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी र सह(निर्माता अनीश भुसाल रहेका छन्। चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्।
Shares

प्रतिक्रिया