कला


‘पुष्पा-२’ प्रदर्शनका क्रममा भएको भागदौडमा ज्यान गुमाएकी महिलाको परिवारलाई २ करोड दिने घोषणा

‘पुष्पा-२’ प्रदर्शनका क्रममा भएको भागदौडमा ज्यान गुमाएकी महिलाको परिवारलाई २ करोड दिने घोषणा

फाइल तस्बिर: अल्लु अर्जुन


नेपालखबर
पुस १०, २०८१ बुधबार १९:२७, काठमाडौँ

‘पुष्पा-२ : द रुल’को स्क्रिनिङका क्रममा भएको भागदौडमा ज्यान गुमाएका महिला र उनका घाइते छोरालाई २ करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरिएको छ।

अभिनेता अल्लु अर्जुनका पिता तथा फिल्म निर्माता अल्लु अरविन्दले घटनामा घाइते बालकलाई भेटेर यस्तो घोषणा गरेका हुन्।

उनले भने, ‘अस्पताल पुगेर डाक्टरसँग कुरा गरेपछि बच्चा सञ्चो हुँदै छ भन्ने थाहा पाउँदा म एकदमै खुसी लागेको छ, कामना गर्छु कि उनी चाँडै निको होऊन् र हामीलाई भेट्न आऊन्।’

उनले थपे, ‘परिवार र त्यो बच्चालाई सहयोग गर्न हामीले २ करोड दिने निर्णय गरेका छौँ। १ करोड रुपैयाँ अल्लु अर्जुनले, ५० लाख रुपैयाँ तीन निर्माताले र ५० लाख रुपैयाँ निर्देशकले दिने छन्।’

फिल्मस्टार अल्लु अर्जुन र उनको फिल्म ‘पुष्पा-२ : द रुल’ को स्क्रिनिङका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते भएका छन्।

यही डिसेम्बर ४ मा हैदरावादको एक थिएटरमा उनको फिल्म ‘पुष्पा २’ को प्रिमियरका क्रममा भागदौड मच्चिएको थियो। त्यस क्रममा भीडमा किचिएर रेवती नामकी ३५ वर्षीया महिलाको मृत्यु भयो भने उनका छोरा १३ वर्षीय श्रीतेज गम्भीर घाइते भएका छन्। उनको उपचार अझै जारी छ। 

आफू आउने जानकारी नदिई आउँदा भागदौड मच्चिएको र त्यस्तो घटना भएको आरोप अभिनेता अल्लु अर्जुनलाई लागेको हो। घटनापछि उनीसहित उनको व्यवस्थापन टोलीविरुद्ध नै जाहेरी दर्ता गरिएको छ।

केही दिनअघि हैदराबाद प्रहरीले अल्लु अर्जुनलाई पक्राउ पनि गरेको थियो। तर तेलंगना उच्च अदालतले उनलाई एक हप्ताका लागि धरौटीमा छाडेको हो।

यही घटनाका निहुँमा डिसेम्बर २२ का दिन केही व्यक्तिले अल्लु अर्जुनको घरमा तोडफोडसमेत गरे। घटनामा संलग्न आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरे पनि ६ जना धरौटीमा रिहा भभका छन्।

रिहा भएकामध्ये एकजना तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीको सहयोगी भएको दाबी गरिएको छ। यसैबीच तेलंगाना कंग्रेसका विधायक भूपति रेड्डीले अल्लु अर्जुनले मुख्यमन्त्री रेवन्तविरुद्ध कुनै टिप्पणी गरे पुष्पा २ फिल्म तेलंगना राज्यमा प्रदर्शन गर्न नदिने चेतावनी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad