अल्लु अर्जुन यतिबेला आफ्नो फिल्म ‘पुष्पा २’ को कारण चर्चामा छन्। उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यशराज फिल्म्सप्रति कृतज्ञता व्यक्त गरेका छन्।
वास्तवमा यशराज फिल्म्सले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेर फिल्मको तारिफ गरेको थियो। ‘रेकर्डहरू तोड्नका लागि मात्र बनाइन्छ र नयाँ रेकर्डले सबैलाई राम्रो काम गर्न प्रेरित गर्छ। इतिहास पुनर्लेखनको लागि ‘पुष्पा २स् द रुल’ को टोलीलाई बधाई छ। फायर नहीँ, वाइल्ड फायर,’ पोस्टमा लेखिएको छ।
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ ले कमाईका सबै कीर्तिमान तोडिरहेको छ भने अर्कोतर्फ हैदराबादमा पुष्पा २ को प्रिमियरको क्रममा भागदौडमा एक महिलाको मृत्यु भएको छ। ४ डिसेम्बरमा उनको निधन भएपछि अभिनेताविरुद्ध कानुनी कारबाही भइरहेको छ। यसबाहेक पछिल्लो समय उनको घरबाहिर तोडफोड समेत भएको थियो।
मंगलबार अल्लु अर्जुनसँग २४ डिसेम्बरमा ३ घण्टाभन्दा बढी सोधपुछ गरिएको थियो। हैदराबाद सेन्ट्रल जोन डीसीपीको नेतृत्वमा रहेको टोलीले अभिनेतासँग सोधपुछ गरेको थियो।
अल्लु अर्जुनलाई सोधियो कि उनी घटनास्थलमा उपस्थित थिए र उनले परिस्थितिलाई कसरी ह्यान्डल गरे। यसबारे उनले भने, ‘मैले भोलिपल्ट महिलाको मृत्यु भएको जानकारी पाएँ।’
यसविषयमा उनलाई तीनघण्टा सोधपुछ गरिएको थियो।
Shares

प्रतिक्रिया