कारोबार


राम दयालले जिते धनगढीमा सम्पन्न ‘बजाज माइलेज च्याम्पियन’

राम दयालले जिते धनगढीमा सम्पन्न ‘बजाज माइलेज च्याम्पियन’

नेपालखबर
पुस १०, २०८१ बुधबार १२:४८, काठमाडौँ

कैलालीको धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ।

आफ्नो प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न धनगढीका चालकहरू यस बजाज माइलेज च्याम्पियनमा सहभागी  भएका थिए। धनगढीको चटकपुर चोक अन्तर्गत ट्रक व्यवसाय भवनमा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको थियो। 

माइलेज च्याम्पियनमा राम दयाल रानाले ८८ किमि प्रतिलिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए।

त्यस्तै ८५ किमि प्रति लिटरको प्रदर्शनका साथ नरबहादुर साउद दोस्रो स्थानमा रहेका थिए भने ८४ किमि प्रतिलिटरको प्रदर्शन गर्दै चत्रा भण्डारी तेस्रो स्थानमा रहेका थिए ।

उक्त माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका थिए।

यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै बजाजप्रेमीहरूबीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवद्र्धन गरेको छ । उक्त कार्यक्रममा लगभग १०० जनाले सहभागिता जनाएको कम्पनीले बताएको छ।   

आम ग्राहकवर्गलाई बजाज प्लेटिनाको माइलेजबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर रविन खत्रीले बताए। १०० सीसीको प्लाटिना मोटरसाइकलको माइलेज च्याम्पियन पनि हुने उनले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad