सञ्जीवनीको स्वरमा फिल्म ‘माइतीघर’को शीर्ष गीत रेकर्ड हुने चर्चित भारतीय गायिका सञ्जीवनीले नेपाली फिल्म ‘माइतीघर’मा गीत गाउने भएकी छन्।
उनले रोहित अधिकारीको लगानीमा बन्ने लागेको फिल्म ‘माइतीघर’को शीर्ष गीतमा स्वर दिने भएकी हुन्।
यसअघि सोही नामबाट बनेको फिल्ममा समावेश गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ’ कालजयी गीतमध्येको एक हो।
यस गीतमा चर्चित भारतीय गायिका आशा भोसलेको आवाज थियो।
तर, यसपपटक यो गीतमा सञ्जीवनीको स्वर सुन्न पाइने भएको हो।
तर, गीतमा किरण खरेलको शब्द र जयदेवको संगीत भने यथावत् रहनेछ।
त्यसैगरी रिकेश गुरुङले गीतमा एरेन्जरका रूपमा काम गर्नेछन्। फिल्मका निर्माता रोहितले ‘माइतीघर’को शीर्ष गीतमा सञ्जीवनीको स्वरमा रेकर्ड गर्ने निर्णय भएको जानकारी दिए।
उनका अनुसार सोमबार निर्माण टिम र सञ्जीवनीबीच रेकर्डबारे सहमति भइसकेको छ।
आगामी साता मुम्बईको एक स्टुडिओमा सञ्जीवनीले गीत रेकर्ड गराउनेछिन्। सञ्जीवनीले यसअघि पुरानो हुँदैन माया, पानी मीठो हजुर, गैरीखेतको शीरै हान्यो, आँखामा आउने तस्बिर तिम्रो, तिम्रो सम्झनाले मलाई, डाँडा पाखा छहराले लगायत चर्चित नेपाली गीत गाइसकेकी छन्।
मिलन तामाङको निर्देशन रहेको यस फिल्ममा उपासनासिंह ठकुरी, केदार घिमिरे, दिकिला शेर्पा, बुद्धि तामाङ, प्रकाश सपुतलगायत कलाकारको अभिनय रहनेछ।
Shares

प्रतिक्रिया