कला


सलोनको फिल्म ‘रंगी’को जापान अधिकार बिक्री

सलोनको फिल्म ‘रंगी’को जापान अधिकार बिक्री

नेपालखबर
पुस ९, २०८१ मंगलबार १३:२१, काठमाडौँ

सलोन बस्नेतको फिल्म ‘रंगी’को जापान अधिकार बिक्री भएको छ।

सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म युना इन्टरटेनमेन्टका लागि उज्जवल गुरागाईंले जापान अधिकार किनेका हुन्।

निर्माण पक्षले के कति रकममा बिक्री गरेको हो भन्ने खुलाएको छैन।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म आगामी फागुन २ गते रिलिज हुँदै छ।

सुरेश न्यौपानेको ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा सलोनसहित नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ।

प्रस्तुतकर्ता सलोनका अनुसार फिल्ममा बाबुछोरीको कथा छ।

फिल्म ‘रंगी’ सलोनको डेब्यु निर्माण हो।

फिल्म ‘नेपाली बाबु’बाट बाल कलाकारका रूपमा पाइला चालेका सलोनले फिल्म ‘होस्टल’देखि ‘हिरो’का रूपमा अभिनय गरेका हुन्।

निर्देशक न्यौपानेले भने  ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनका रूपमा काम गरिसकेका छन्।

सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन छ।

फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad