कला


अल्लु अर्जुनको घरमा आक्रमण गर्ने सीएम रेड्डीका सहयोगी भएको दाबी

अल्लु अर्जुनको घरमा आक्रमण गर्ने सीएम रेड्डीका सहयोगी भएको दाबी

नेपालखबर
पुस ८, २०८१ सोमबार १६:१२, काठमाडौँ

आइतबार उस्मानिया विश्वविद्यालयका विद्यार्थीहरूले अभिनेता अल्लु अर्जुनको हैदराबादस्थित घर बाहिर तोडफोड गरेका थिए। यस घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको थियो। सोमबार बिहान मुद्दामा संलग्न ६ अभियुक्तलाई जमानत मिलेको छ।

डीसीपीका अनुसार अल्लु अर्जुनको घरमा तोडफोड गर्ने ८ जनामध्ये ६ जनालाई आज बिहान हैदराबाद अदालतमा पेश गरिएको थियो, जहाँबाट उनीहरूले जमानत पाए। अदालतले अभियुक्तलाई जनही १० हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको छ।

यो सम्पूर्ण मामिलामा भारत राष्ट्र समिति (बीआरएस) नेता कृष्णकले अल्लु अर्जुनको घरमा भएको आक्रमणमा जमानत पाएका छ जना अभियुक्त मध्ये एक तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीको सहयोगी भएको दाबी गरे। तर, अहिलेसम्म यो आरोपमा रेवन्त रेड्डी र कांग्रेसका कुनै नेताले प्रतिक्रिया जनाएका छैनन्।

यी व्यक्तिहरु अभिनेताको घरमा जबरजस्ती पस्ने प्रयास रु उनीहरूलाई रोकेपछि उनीहरूले घरबाहिर राखिएको फूलका भाँडाहरू तोडेका थिए। मिडिया रिपोर्टमा अल्लु अर्जुनको घरमा टमाटर फालेको पनि बताइएको छ।

‘पुष्पा–२’ को प्रिमियरका क्रममा सन्ध्या थिएटरमा भएको भागदौडमा मृत्यु भएका महिलाको परिवारलाई एक करोड क्षतिपूर्ति दिन विद्यार्थीले माग गरेका छन्।

यस घटनाको केही समयपछि अल्लु अर्जुनले पोस्ट गरेका थिए, ‘म मेरा सबै फ्यानहरूलाई सधैं जस्तै जिम्मेवारीपूर्वक आफ्ना भावनाहरू व्यक्त गर्न अपील गर्दछु। कुनै पनि प्रकारको अपमानजनक भाषा, अनलाइन वा अफलाइन प्रयोग नगर्नुहोस्, न त कसैसँग दुर्व्यवहार गर्नुहोस्।’

अभिनेताले मृतक रेवतीका परिवारलाई २५ लाख रुपैयाँ दिने बताइसकेका छन्। साथै घाइतेहरुको पनि आफ्नै खर्चमा उपचार भइरहेको छ।

तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले शनिबार विधानसभामा बोल्दै अल्लु अर्जुन लापरवाह भएको दाबी गरे। अल्लु अर्जुनले मृत्युको जानकारी पाए पनि थिएटरबाट बाहिर नआएको र रोड शो गरेको उनको आरोप थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad