लोकप्रिय ब्यान्ड ‘कन्दरा’ ४ जनवरी २०२५ बाट विश्व टुरमा जाँदैछ। ब्यान्डले लण्डनबाट विश्व साँगीतिक टुर सुरु गर्न लागेको हो।
लण्डनको ओटु एरिनास्थित इन्डिगोमा कन्दराले आफ्ना लोकप्रिय गीत सुनाउँनेछ। ‘कन्दरा ब्यान्डले जनवरी ४, २०२५ मा लण्डनको ऐतिहासिक ओटु एरिनास्थित इन्डिगोमा प्रत्यक्ष प्रस्तुति दिँदैछ। यो क्षण कन्दराको मात्र होइन, नेपाली सांगीतिक क्षेत्र र नेपाली माटोको सुगन्धमा विश्वभर फैलिएर रहेका नेपालीहरुका लागि गर्वको कुरा हो,’कन्दराले फेसबुक पेजमा लेखेको छ।
‘पहिला घरदेश अनि परदेश’ अभियानसहित ब्यान्ड सांगीतिक अभियानमा छ। काठमाडौं र पोखरामा कन्सर्ट गरिसकेको ब्यान्डले इलाम, चितवन र बुटवलमा समेत प्रस्तुति दिने तयारीमा छ।
जनवरीमा बेलायत र दुबईसहित फेब्रुअरीमा जापान, मार्च र अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा र अन्तमा जुलाईदेखि अगस्टसम्म युरोप टुर गर्नेछ।
९० को दशकको सुरुदेखि नै नेपाली सङ्गीत प्रेमीहरूमाझ लोकप्रिय बनेको कन्दरका लोक–रक गीत चर्चित छन्। जसमा तिमी परी, हङकङ पोखरा, लेककी हे मायाजस्ता गीत हिट छन्।
Shares

प्रतिक्रिया